‘दबङ स्टार’ले काम खोजिदिने

काठमाण्डु टुडे २०७१ असार १२ गते १३:०७ मा प्रकाशित

salmankhanjuen26

काठमाण्डु – बलिउड अभिनेता सलमान खानले बेरोजगारलाई काम खोजिदिने बताएका छन् ।

उनले चलाउदै आएको ‘बिइङ ह्युम्यान’  च्यारीटी संस्थाले आफ्ना समर्थकहरुलाई जागिरको बन्दोबस्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने घोषणा गरेका हुन् ।

बुधबार ट्वीट गर्दै उनले भने,‘तपाइहरुको फेसबुक समय बिताउने साधन नबनोस् । काम खोज्नका लागि प्रयोग गर्नोस् ।‘बिइङ ह्युम्यान वक्र्ससप डट कम ’ मा ‘बिइङह्युम्यान जब्स’ काम खोज्नोस् । ’

उनले अर्को ट्वीटमा लेखेका छन् , ‘ जति मेरा फेसबुकमा फ्यान छन् र जो बेरोजगार छन् । उनीहरुलाई भर्ती गरेर जागिर दिनेछु । तर सबैले चाहिने आवश्यकता अवश्य पुरा गर्नुहुनेछ । ’

उनका धेरै बेरोजगार फ्यानले आफू कामविहिन रहेको कथा साझा गरीसकेका छन् ।  उनले उत्तरमा सबैलाई चाडै नै जागिर मिल्ने र जिन्दगी खुसी हुने भनेका छन् ।

‘बिइङ ह्युम्यान ’ सिमान्तकृत बर्गका लागि काम गर्दै आएको सामाजिक संस्था हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us