नेप्से चार अंकले बढ्यो

काठमाण्डु टुडे २०७१ असार १२ गते ११:३३ मा प्रकाशित
काठमाण्डु, १२ असार –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.१२ अंकले बढेर ९३६.३१ बिन्दुमा आइपुगेको छ ।विहीवार बिकास बैंक समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ ।
nepseयस दिनबाट पहिलो कारोबार भएको मिथिला लघुवित्त बिकास बैंक, फस्र्ट माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका बैंकको सेयर मूल्यमा सुधार भएपछि बिकास बैंक समूहको परिसूचक बढेको हो ।
मिथिला लघुवित्त बिकासको पहिलो कारोबार तीन सय ७६ मा भएको छ । एक सय रुपैयाँमा सेयर जारी गरेको कम्पनीको यो मूल्य दुई सय ७६ प्रतिशत बढि हो । यस समूहको नेरुढे लघुवित्त बिकास, छिमेक लघुवित्त बिकास बैंक, मुक्तिनाथ बिकास बैंक लगायतको सेयर मूल्य घट्यो । 

यो दिन ज्योति बिकास बैंकको सेयर मूल्य पनि करिब १० (९.८८) प्रतिशतले मूल्य बढेको छ । बैंकले यही असार ३२ गतेको आफ्नो छैठौं बार्षिक साधारण सभामा सात प्रतिशत बोनस सेयर र ५.६० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ । बैंकको सेयरमा आगामी मंगलवारसम्म लगानी गर्नेले प्रतिफल पाउँने छ । बैंकको एक सय ८९ रुपैयाँमा सेयर कारोबार भएको हो ।
एक सय ३७ कम्पनीको सेयर कारेबार भएकोमा ३९ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । कसमस डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सात प्रतिशतभन्दा धेरैले घटेको छ । विहीवार रिडि हाइड्रोपावरको ३० लाख साधारण सेयर सूचीकृत भएको छ । कम्पनीको सेयर आगामी २२ गते आइतवार कारोबारमा आउने भएको छ । कम्पनीले पहिलो कारोबारको लागि एक सय एक देखि तीन सय पाँचको मूल्य ब्याण्ड पाएको बुझिएको छ ।  
 स्रोत: विजमाण्डु

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us