विस्थापित राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनको माग

काठमाण्डु टुडे २०७१ असार १२ गते ३:०२ मा प्रकाशित

नवलपरासी, १२ असार – नवलपरासीको चोरमारा र रजहरबासीले द्वन्दकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य वैंक तत्काल पुनस्थापनका लागि माग गरेका छन् ।
शान्ती वहाली भएको आधा दशक वितिसक्दा पनि वैंक पुर्नस्थापना नभएको भन्दै सरोकारवालाहरुलाई दवाव दिन स्थानीयवासी राजधानी आइपुगेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली र पूर्वसभाषद महेन्द्रध्वज जिसीको नेतृत्वमा रजहर र चोरमाराबासीले अर्थमन्त्री डा. रामशरण महत, अर्थसचिव युवराज भुषाल, राष्ट्रिय वाणिज्य वैंकका महाप्रवन्धकलाई भेटी ज्ञापन पत्र समेत बुझाएका छन् ।
भेटका क्रममा तत्काल अध्यायन गरि चोरमारा र रजहरमा बैंकको शाखा खुलाउन अर्थमन्त्री महतले बैंकलाई निर्देशन दिएको केन्द्रिय सदस्य नेपालीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us