
काठमाण्डु, ११ असार – बैतडीको सित्तुड गाविसबाट जिप नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृतकमध्ये हेलो नेपालका इन्जिनियर अतुल केसीको मात्र सनाखत भएको छ ।
दार्चुलाको गोकुलेश्वरबाट बैतडी जाँदै गरेको हेलो नेपालको बा ७ प २८५० नम्बरको जिप सित्तुड–४ स्थित पञ्जुनयाँ नजिकै सडकबाट चमेन्ती नदीमा खसेको हो । जिप सडकबाट करिब ५० मिटर तल नदी खसेको प्रहरीले जनाएको छ ।
जिपको आधा भाग दनीमा डुबेको छ । बेपत्ता यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । दुर्घटनामा ज्यन गोजाउन सफ भएका जिप चालक विक्रम खड्का घाइते छन् ।