अख्तियारले थर्काएपछि नयाँ जहाजको उडान सुरु

काठमाण्डु टुडे २०७१ असार ११ गते ३:३२ मा प्रकाशित

काठमाण्डु, ११ असार– चीनबाट अनुदानमा ल्याइएको एमए–६० जहाजले आजबाट व्यवसायिक उडान सुरु गरेको छ ।
ma 60विमान आज पहिलोपटक विराटनगरका लागि उडेको हो ।

बिहान ८ बजेका लागि तय गरिएको उडान केही ढिला भएको थियो । पहिलो उडान भएकाले केही ढिला भएको नेपाल वायु सेवा निगमका कार्यकारी निर्देशक मदन खरेलले जानकारी दिए । पहिलो उडानमा विराटनगर जान २६ जनाले टिकट काटेका थिए ।

५६ सिट क्षमताको उक्त विमानको भाडादर निजी वायु सेवा कम्पनीको भन्दा झण्डै आधा कम छ । जहाज चिनियाँ पाइलटले उडाउएको र नेपाली पाइलटले अध्ययन गरेको खरेलले बताए ।
विमान नेपाल ल्याएको लामो समयसम्म पनि नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ दिनभित्र उडान सुरु नगरे निगम पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएपछि निगमले उडान अनुमति दिएको हो । विमाजले पहिलो पटक उडान भर्न लागेकाले निगमका अधिकारीहरु बिहान ६ बजे नै अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us