वादी युवा देहव्यापार अन्त्य गर्ने अभियानमा

काठमाण्डु टुडे २०७१ असार ११ गते २:०३ मा प्रकाशित

बर्दिया, ११ असार– देहव्यापारबाहेक जीविकोपार्जनको विकल्प नदेख्ने बर्दिया राजापुरका वादीहरु हाल देहव्यापार अन्त्य गर्ने अभियानमा जुटेका छन् ।
देहव्यापारका कारण गाउँ, टोल र  समाजकै बदनाम हुन पुगेको भन्दै उनीहरु सामूहिक रुपमा क्लब गठन गरी देहव्यापार अन्त्य गर्ने अभियानमा जुटेका हुन् । लुकीछिपी गरिँदै आएको देहव्यापार अन्त्य हुन थालेपछि वादीहरुको जीवनशैलीमै परिवर्तन आउन थालेको छ ।
समुदाय नै बदनाम भएपछि वादी युवाले क्लबमार्फत निगरानी बढाएका छन् । बस्तीमा निगरानी समूहसमेत गठन गरेर  देहव्यापारविरुद्ध उत्रिएको दिपज्योति युवा क्लबका अध्यक्ष स्वतन्त्र वादीले बताए ।

हाम्रो समुदायमा अनैतिक क्रियाकलाप भएको पाइएमा सुरुमा सम्झाएर पठाउाछौँ, वादीले भने, ‘मानेन् भने प्रहरीको जिम्मा लगाउाछौँ ।’ राजापुरमा वादी समुदायका २९ घर छन् । तीमध्ये नौ महिला यौन व्यवसायमा संलग्न हुँदै आएका थिए । राजापुरबाहेक कैलाली, दाङ, सूर्यपटुवाको पथ्थरवोझीलगायतका स्थानबाट व्यवसायी महिलालाई राजापुरमा ल्याउने गरिएको अध्यक्ष वादीले बताए ।

वर्षौंसम्म देहव्यापारमा संलग्न महिलासमेत पेसा परिवर्तन गरी समुदायबाट देहव्यापार अन्त्य गर्नका लागि गस्ती गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us