एक वर्षमा साढे ६ अर्ब थपियो शेष घलेको सम्पत्ति

काठमाण्डु टुडे २०७१ असार ११ गते १:२७ मा प्रकाशित

काठमाण्डु, ११ असार– गैरआवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङको सम्पत्ति यो वर्ष ७ करोड अस्ट्रेलियन डलर (६ अर्ब ३५ करोड रुपैयाँ) थपिएको छ ।

विजनेश रिभ्यु विक्ली (बीआरडब्लू) को जुन अंकअनुसार नेपाली व्यवसायी घले दम्पत्तीको सम्पत्ति ३ सय ३५ मिलियन अस्ट्रेलियन डलर पुगेको छ । गत वर्ष २ सय ६५ मिलियन डर थियो । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

shesh-ghale-
सम्पत्ति बढे पनि घले दम्पती अझै पनि अस्ट्रेलियाली धनाढ्यको सूचीमा एक ८० औँ स्थानमै रहेको बीआरडब्लूले जनाएको छ । अमुना अस्ट्रेलियाका धनी महिलाको सूचीमा ११ औँ स्थानमा पर्छिन । यो दम्पतीको अस्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोजोली एमआईटी सञ्चालन गरिरहेको छ ।

बीआरडब्लूका अनुसार एमाआईटीसहित घले दम्पतीले अस्ट्रेलियामा विभिन्न प्रकारका सम्पत्ति व्यवस्थापनको काम सम्हाल्दै आएको छ ।
घले दम्पतीले मेलबर्नमा पुरातात्विक महत्वको आर्गस भवनलाई जीर्णोद्वार गरेर सञ्चालनका लागि तयारी अवस्थामा ल्याएको बीरआडब्लुमा उल्लेख छ । यो भवनमा एमाआईटीका ३ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्नेछन् । घले दम्पतीले २ वर्षअघि आर्गस बिल्डिङ खरिद गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us