चार कारोबार दिन पछि नेप्सेमा सुधार, बैंकिङ, बीमा जलविद्युतले उचाले, ४७ करोडको कारोबार

काठमाण्डु टुडे २०७१ असार १० गते ११:३१ मा प्रकाशित

काठमाण्ड, १० असार – चार दिन देखि घटेको नेप्से परिसूचक मंगलवार बढेको छ । यी दिनहरुमा करिब १९ अंक घटेको नेप्सेले मंगलवार करिब छ अंकले बढ्यो ।

nepseबैंकिङ, जलविद्युत्, बीमा र ‘अन्य’ समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो ।

१० प्रतिशत बोनस सेयर र १० प्रतिशत हकप्रद सेयरको प्रस्ताव साधारण सभामा लान लागेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य भने बढ्न सकेन । कम्पनीको सेयर मूल्य दुई रुपैयाँले घटेर एक सय ८३ मा कारोबार भयो ।

यसअघि कम्पनीको सेयर गत जेठ २९ गते कारोबार भएको थियो । असार १८ गतेसम्म कम्पनीको सेयरमा लगानी गर्नेले मात्र लाभांश पाउने छन । कम्पनीको हाल चुक्तापूँजी १६ करोड ८३ लाख रुपैया रहेको छ ।

नागरिक लगानी कोषको बुक क्लोज असार १८ गते देखि असार ३२सम्म रहेको नेप्सेले उल्लेख गरेका छ । कोषले ५० प्रतिशत बोनस सेयरको प्रस्ताव साधारण सभामा लैजादै छ ।

नेपाल बैंकमा राष्ट्र बैंकले दुई अर्ब बढि रुपैयाँ इन्जेक्ट गर्ने, बैंकले जग्गा बिक्री गरेर समेत पूँजी इन्जेक्ट गर्ने खबरले मूल्य बढ्दो क्रममा छ । बैंकको मूल्य ५.५६ प्रतिशतले बढेर तीन सय ८० रुपैयाँ पुगेको छ । बैंकको सेयर पाँच करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन चिलिमेको पनि पाँच करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल टेलिकमको सेयर मूल्य दुई रुपैयाँले बढेपछि ‘अन्य’ समूहको परिसूचक वृद्धि भयो ।

नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर सक्रिट ब्रेक लाग्यो । कम्पनीको सेयर मूल्य छ सय ८२ रुपैयाँमा कारोबार भयो । कम्पनीले एक बराबर ०.८४ अनुपातमा हकप्रद सेयर दिने भएको छ ।   

विजमाण्डुबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us