कम्प्युटर खरिदका लागि सभासद्द्वारा दुई लाख सहयोग

काठमाण्डु टुडे २०७१ असार १० गते ७:५९ मा प्रकाशित

कञ्चनपुर, १० असार – विद्यालयमा कम्प्युटर खरिदका लागि संविधानसभा सदस्य कृपा रानाले दुई लाख सहयोग प्रदान गरेकी छिन् ।

कञ्चनपुरको पिपलाडीमा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयलाई संसदीय कोषमार्फत सभासद् रानाले सहयोग रकम प्रदान गरेकी हुन् ।

सहयोग रकम विद्यालयलाई हस्तान्तरण गर्दै उनले दुर्गममा रहेको विद्यालयले कम्प्युटर खरिद गरी अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू आशावादी रहेको बताए । राना नेकपा (एमाले)का समानुपातिकतर्फका सभासद् हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपेन्द्रबहादुर बमले प्राप्त रकमबाट विद्यालयमा कम्प्युटर ल्याब खोल्न मद्दत पुगेको बताए । रकम अभावले ल्याब बनाउन नसक्दा जिल्ला शिक्षा कार्यालयले प्रदान गरेका चार वटा कम्प्युटर प्रयोगमा आएका छैनन् । कम्प्युटर ल्याबका लागि विद्यालयले रु ६० हजार लगानी गरिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us