
काठमाण्डु, १० असार –केही दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम अभाव मंगलबारबाट सहज हुने भएको छ ।
शनिबार र आइतबार दुई दिन बिदा परेपछि नेपाल आयल निगमबाट तेल वितरण नहुदाँ राजधानीमा तेल अभाव भएको थियो ।
सोमबार बिहानैबाट थानकोट डिपोबाट तेल सुरु भएकाले मंगलबारबाट तेल सहज रुपमा उपलब्ध हुने निगमले जनाएको छ ।
आजको नागरिक दैनिकले समाचार छापेको छ । ‘हामीले शनिबार पनि थानकोट डिपोबाट तेल वितरण गरेका छौं, निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने,’त्यति गर्दा पनि तेल अभाव जस्तो देखिएको छ ।’
आइतबार उपनिर्वाचन भएकाले तेल वितरण गर्न नसकिएकाले त्यसको प्रभाव सोमबार परेको निगमले जनाएको छ । निगमले सोमबारबाटै उपत्यकाका लागि ३ सय ५० किलोलिटर तेल वितरण गरेको छ ।