
काठमाण्डु, १० असार –नवौँ महाधिवेशनको प्रतिनिधि छनोटमा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली समूहवीच गुटगत जोडघटाउ जारी रहँदा एमाले मूख्यालय बल्खुमा सोमवार दुई पक्षवीच रमाइलै घोचपेच चल्यो ।
रमाइलो घोचपेचका मूख्य पात्र थिए पोलिट्व्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली र युवा नेता योगेश भट्टराई । आजको राजधानी दैनिकले समाचार छापेको छ ।
महाधिवेशनका सन्दर्भमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल र ओली समूहको बहुमत प्रतिनिधि छानिएको दम्भ यी दुई पात्रवीच चलेको ठट्यौली व्यङ्ग्यमा मजैले देखिन्थ्यो । ’मदन भण्डारी के रे…?’ प्रचार विभाग प्रमुख ज्ञवालीले के व्यङ्ग्य कसेका थिए, योगेश भट्टराईले जवाफ फर्काइहाले, नाम नै बिर्सिनुभयो कि के हो कामरेड ? थाहा छैन जस्तो नगर्नुस् न ।’
दुईपक्षवीचको व्यङ्ग्यात्मक सवालजवाफले मञ्चमा रहेका अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेलसहित सहभागी पत्रकारहरुको ध्यान खिचिरहेकै थियो । त्यही बेला योगेशसँग कुम जोडेर बसेका युवा नेता राजन भट्टराईलाई महाधिवेशनलगत्तै मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी अध्ययन केन्द्र एकिकरण गर्नु पर्ने प्रस्ताव राखे, ज्ञवालीले ।
दुई भट्टराई मध्ये योगेश अध्ययन केन्द्रका अध्यक्ष राजन फाउन्डेसनका महासचिव । संयोगले सँगै बसेका दुई युवा नेतामध्ये योगेश यतिबेला बरिष्ठ नेता माधव नेपाल समूहको नयाँ बानेश्वर र अनामनगरस्थित सम्पर्क कार्यालयबाट देशभर कमान्डिङ गरिरहेका छन् भने राजनले अल्फाविटामा रहेको ओली समूहको कार्यालयबाट कमान्ड सम्हालिरहेका छन् ।
–