नेप्से परिसूचक करिब नौं अंक घट्यो, १० ब्रोकर कम्पनी आउट भएपछि कारोबार रकम घट्यो

काठमाण्डु टुडे २०७१ असार ९ गते ११:३१ मा प्रकाशित
काठमाण्डु, ९ असार– साताको पहिलो कारोबारमा नेप्से परिसूचक करिब नौं अंकले घटेको छ । नेप्से परिसूचक ८.९२ अंकले घटेर ९१७ मा आइपुग्यो ।
nepseयस दिन १० ब्रोकर कम्पनीको लिमिट कम भएपछि कारोबार गर्न पाएनन । नौं ब्रोकर कम्पनीले प्रमाणपत्र र एकले रकम बुझाउन ढिलाई गरेपनि उनीहरु कारोबारबाट आउट भएका हुन । 
५० प्रतिशत बोनस सेयरको प्रस्ताव लैजादै गरेको नागरिक लगानी कोषको सेयर मूल्य तीन सय एक रुपैयाँले बढेर चार हजार आठ सय ५१ रुपैयाँ पुगेको छ । 
एलायन्स इन्स्योरेन्सको हकप्रद सेयर समायोजन पछि मूल्य चार सय ९६ कायम भएको नेप्सेले जनाकारी दिएको छ । समायोजित मूल्य अघिल्लो दिनको भन्दा २८ प्रतिशत कम हो । तर कम्पनीको मूल्यमा सुधार भएपछि बजार बन्द हुँदा भने पाँच सय १५ रुपैयाँमा सेयर कारोबार भयो ।  
कम्पनीले १० बराबर ५.५ अनुपातमा हकप्रद सेयर दिदैछ । कम्पनीको बुक क्लोज भइसकेको छ ।
यस दिन कारोबारमा आएका २२ वाणिज्य बैंकको सेयर मूल्य घटेको छ । सेञ्चुरी, ग्लोबल आइएमइ, नेपाल बैंक, प्राइम कमर्सियल लगायतका बैंकको भने मूल्य बढेको छ ।यो समूहको सुचक पनि १४ अंकले घटेको छ । वित्त र बिकास बैंक समूहको परिसूचक मात्र यस दिन बढ्यो ।
होटेल र जलविद्युत् कम्पनी समूहको परिसूचक दोहोरो अंकले बढेको छ । बीमा र ‘अन्य’ समूहको परिसूचक पनि बढ्न सकेन । 

विजमाण्डु डट कमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us