
काठमाण्डु, ९ असार– इराकले देशको पूर्वी क्षेत्रस्थित सीमा इलाकामा आफ्ना् नियन्त्रण गुमाएको छ ।
सुन्नी समुदायका विद्रोहीले सिरियाको अल वालिड र जोर्डनसँग सीमा जोडिएको यस क्षेत्र नियन्त्रणमा लिएको छ ।
इस्लामिक स्टेट अफ इराकले पछिल्लो समय देशका विभिन्न इलाका आफ्नो नियन्त्रणमा लिएको हो । जुन पहिलो साता मसुल सहर नियन्त्रणमा लिएको सो समूहले त्यसपछि कुर्किकसँगै देशकै सबैभन्दा ठूलो तेल भण्डारसमेत नियन्त्रणमा लिइसकेको छ ।
क्याम रब्टा, राटा र अनाह सहरमा पनि विद्रोहीले पछिल्लो दुई दिनमा नियन्त्रणमा लिइसकेको छ । सिया समुदायका प्रधानमन्त्री नुर अल मलिकीविरुद्ध सुन्नी समुदायले देशभरि आक्रमण गरिरहेको छ ।