पाँचकिलो सुनसहित भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ असार ८ गते १६:०२ मा प्रकाशित

सिरहा, ८ असार– प्रहरीले भारत लगिंदै गरेको ५ किलो सुनसहित एक भारतीय नागरिकलाई सिरहाबाट पक्राउ गरेको छ ।
goldसुन लिएर भारत जाँदै गरेका भारतीय नागरिक प्रमोद ठाकुरलाई प्रहरीले इनरुवाबाट आइतबार पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी पूर्णचन्द्र जोशीले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । ठाकुरको साथबाट सुन तस्करीमा संलग्न बी–एच–आर–७ जे–२७१३ नम्बरको मोटरसाइकल समेत बरामद भएको जोशीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us