पानीको अभावमा मकै उत्पादनमा कमी

काठमाण्डु टुडे २०७१ असार ८ गते १५:५२ मा प्रकाशित

ललितपुर, ८ असार–समयमै पानी नपरेकाले यस वर्ष ललितपुर जिल्लामा मकै उत्पादनमा कमी आउनुका साथै धान रोपाइामा ढिलाइ भएको छ ।

cornअहिले मकैले धान चमरा निकाल्ने बेला भइसकेको भए पनि अहिलेसम्म मकैलाई पुग्ने गरी पानी नआएको ललितपुर जिल्ला कृषि विकास कार्यालय ललितपुरका कृषि प्रसार अधिकृत लेशबहादुर केसीले बताए ।
उनका  अनुसार मकै लगाइसकेको समयदेखि अहिलेसम्ममा कम्तीमा पनि तीनपटक माटो राम्रोसँग भिज्ने गरी पानी आइसक्नुपर्ने भए पनि यस वर्ष एकपटक पनि पानी राम्रोसँग नआएकाले गत वर्षको तुलनामा यस वर्ष ८ देखि १० प्रतिशतसम्म मकै उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष ललितपुरमा २४ हजार ९०८ टन मकै उत्पादन भएको थियो भने यस वर्ष पहिलो वर्षको उत्पादनको तुलनामा निकै कमी आउने भएको छ । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाासेजस्ता रोगहरू लागेको छ ।

ललितपुरमा विशेषगरी मकै उत्पादन हुने क्षेत्रअन्तर्गत गोटीखेल, कालेश्वर, भारदेउ, भट्टेडाँडा, गोदावरी, हरिसिद्धिलगायतका दक्षिण ललितपुरका स्थान पर्दछन् । पानी नपरेका कारण मकैमा कमी आउने मात्र नभई जिल्ला ग्रामीण भेगमा धान रोपाइा गर्न पनि ढिलो भइसकेको छ ।

अघिल्ला वर्षहरूमा जेठ महिनाको मध्येतिरबाट नै धान रोपाइा सुरु हुन्थ्यो भने यस वर्ष अहिलेसम्ममा मुस्किलले एक दुई स्थानमा मात्र धान रोपाइा भएको छ । ललितपुरमा गत वर्ष धान २६ हजार ४४२ टन उत्पादन भएको थियो ।
यस वर्षका लागि धान दिवस आउनै लाग्दासमेत रोपाइाका लागि आवश्यक पानी नपरेकामा किसानहरू चिन्तित देखिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us