कम आँखा देख्नेलाई ‘स्मार्ट चस्मा’

काठमाण्डु टुडे २०७१ असार ८ गते १३:०५ मा प्रकाशित

vision

काठमाण्डु – अक्सफोर्ड विश्वविद्यालयका सोधकर्ताले कम आँखा देख्नेलाई ‘स्मार्ट चस्मा’ बनाएर महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

यो चस्माले कुनै व्यक्ति वा वस्तुलाई नजिक ल्याई सफा देखाउने सोधकर्ताहरुले जानकारी दिएका छन् ।

रोयल इन्टिच्युट अफ ब्लाइन्ड पिपुलका अनुसार यो चस्मा दृष्टीशक्ति कमजोर भएकाहरुलाई एक ‘रामवाण’ सावित हुनेछ ।

सोधकर्ताहरुले यसको उपयोगलाई बढाउन ‘थ्री डि’ प्रविधिको क्यामेरा लगाएका छन् । यो चस्माबाट देखिने तस्वीर कम्प्युटरको मद्धतबाट प्रशोधन भई स्पष्ट देखिन्छ ।

विश्वविद्यालयका डा स्टेफन हिक्सका अनुसार यो प्रयोग गर्ने व्यक्तिले राम्रो भएको प्रतिक्रिया दिएका छन् । साथै यसले मानिसका जीवनमा फरक पार्ने बताएका छन् ।

vision2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us