सुन व्यवसायीले दिए प्रहरीलाई साइकल

काठमाण्डु टुडे २०७१ असार ८ गते ११:३९ मा प्रकाशित

बागलुङ, ८ असार – व्यावसायिक क्षेत्रको सुरक्षामा सघाउ पु¥याउन नेपाल सुनचाँदी व्यवसायी सङ्घ बागलुङले प्रहरीलाई साइकल प्रदान गरेको छ ।

सुनचाँदीलगायतका व्यावसायिक क्षेत्रको सुरक्षा प्रबन्धका लागि सहयोग पु¥याउने उद्देश्यले सङ्घको तर्फबाट सुनचाँदी व्यवसायीले करिब रु सात हजार बराबरको चार थान साइकल प्रदान गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले सुनचाँदी व्यवसायमा सुरक्षा चुनौती अन्यको भन्दा बढी हुने भएकाले साइकल गस्तीलाई सशक्त बनाउने जानकारी दिए ।

सङ्घका अध्यक्ष सुदेश राजभण्डारीले सुनचाँदीलगायत अन्य पेसा, व्यवसाय क्षेत्रको सुरक्षामा प्रहरी सहजता प्रदान गर्न साइकल प्रदान गरिएको बताए ।
यसअघि पनि प्रहरीलाई जिल्लामा रहेका बैंकहरुले साइकल प्रदान गरेका थिए ।

साइकल गस्तीबाट प्रहरीको उपस्थिति छिटो गराउन सकिने भएको हुँदा सुरक्षा निगरानी पनि बढेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us