डिआइडी लिटिल मास्टर्सको उपाधि तेरिया मगरलाई

काठमाण्डु टुडे २०७१ असार ८ गते १:५१ मा प्रकाशित

teriaकाठमाण्डु, ८ असार –नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।

५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो ।

रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।

दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।

प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us