स्वीजरल्याण्डका बैंकमा नेपालीले अरबौं रुपैयाँ लुकाएको खुलासा

काठमाण्डु टुडे २०७१ असार ७ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, ७ असार– स्वीजरल्याण्डका बैंकमा नेपालीहरुको खाता रहेको र त्यसमा अरबौं रुपैयाँ मौज्दात रहेको खुलासा भएको छ ।
nepali moneyझण्डै तीन सय वटा बैंक रहेको स्वीजरल्याण्डलाई गैरकानुनी तवरले आम्दानी गरेको रकम लुकाउन प्रयोग गरिन्छ । स्वीटजरल्याण्डको  केन्द्रीय बैंक स्वीस नेशनल बैंकले केही दिनअघि प्रकाशित गरेको बैंक्स इन स्वीजरल्यान्ड– २०१३ को रिपोर्टमा नेपालीको ९ अर्ब २२ करोड रुपैयाँ अर्थात आठ करोड ५ लाख स्वीस फ्र्याङक मौज्दात रहेको उल्लेख छ ।
तर कुन बैंकको खातामा कसको कति रकम राखिएको हो भन्नेबारे विवरणमा खुलाइएको छैन ।
स्रोतका अुनसार पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्याको नाममा पनि रकम छ । पूर्वराजपरिवारको सम्पत्ति संरक्षण गर्दै आएको नेपाल ट्रष्ले विदेशी बैंकमा मौज्दात रकमको विवरण अहिलेसम्म थापा पाउन सकेको छैन ।

स्वीस बैंकमा अरबौं अवैध रकम लुकाइएको खुले पनि उक्त रकम नेपाल फर्काउन सक्ने नेपाल सरकारको हैसियत छैन । दक्ष्णि छिमेकी भारतमा भने विदेशी बैंकमा लुकाएर राखिएको कालोधन खोज्न प्रधानमन्त्री नरेन्द्र मोदीले न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा बढ्यो चार अर्ब
बैंकको प्रतिवेदनअनुसार स्वीजरल्याण्डमा नेपालीको मौज्दात अघिल्लो वर्षको तुलनामा चार अर्ब ४४ करोड रुपैयाँले बढी हो । सन् २०१२ मा त्यहाँका बैंकहरुमा नेपालीको १२ करोड ६० लाख स्वीस फ्र्याङक बराबरको नगद थियो ।

स्वीजरल्याण्डका बैंकमा राखिएको सम्पत्तिको श्रोत नखोजिने र निक्षेपकर्ताको विवरण अन्यन्त गोप्य राखिने हुँदा विश्वभरको पैसा त्यहाँ पुग्ने गरेको छ ।  भ्रष्टाचारलगायत गलत तवरले कमाएको पैसासमेत सुरक्षित राख्न त्यहाँ पुयाउने गरेको बताइन्छ । स्वीजरल्याण्डका सरकारी अधिकारीहरुले कानुनी प्रावधान देखाएर विदेशीको बैंक खाता विवरण दिन अस्वीकार गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us