तेस्रो दिन पनि घट्यो सेयर बजार, ५० करोड ३७ लाख रुपैयाँको किनबेच

काठमाण्डु टुडे २०७१ असार ५ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ५ असार – साताको अन्तिम दिन पनि सेयर बजार मूल्य ५.७२ अंकले घटेर ९२६.५ अंकमा झरेको छ।

nepseयो साता लगातार तीन दिन सेयर बजार घटिसकेको छ। अन्य समूहलगायत बैंकिङ, होटल, विकास बैंक र जलविद्युत समूहका सेयरहरुको मूल्य घटेको छ। बैंकका लगानीकर्ता बिमातिर लाग्दा बिमा सुचक १२.७१ अंकले उक्लिएको छ।

बिहीबार एक सय ३७ कम्पनीको सेयर किनबेचबाट ५० करोड ३७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ।  बजारमा ३१ लाख ११ हजार ६६७ कित्ता सेयर किनबेच भएको छ। तीन हजार एक सय ६१ पटक कारोबार भएको छ।

एक सय ३७ कम्पनीको कारोबार भएकोमा ६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ। १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ भने बाँकी ६१ वटा कम्पनीको सेयर मूलय बढेको छ। सबैभन्दा वढी सेयर मूल्य युनिलिभर नेपालको दुई सय ९१ रुपैयाँले बृद्धि भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको एक सय २० रुपैयाँले सेयर मूल्य बढेको छ।

नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, सम्मिट माइक्रो फाइनान्स्, स्ट्यार्न्डर्ड चार्टर्ड बैंक नेपाल र एलाइन्स यन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा वढी घटेको छ।

बिहीबार सबैभन्दा वढी कित्ता सेयर कारोबार नेपाल बैंकको भएको छ। यसपछि नबिल ब्यालेन्स फन्ड, ग्लोबल आइएमइ बैंक, सेञ्चुरी कमर्सियल बैंक र एनसिसी बैंकको बढी कित्ता सेयर किनबेच भएको छ।

स्रोत–विजमाण्डु

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us