
काठमाण्डु, ५ असार – नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि सरकारी गाडी दुरुपयोग गरिएको छ ।
ऊर्जा मन्त्रालयको वा ३ ख ४०५२ नम्बरको गाडी रुपन्देहीमा दुरुपयोग भएको एमाले कार्यकर्ताहरुले खबर गरेका छन् ।
मन्त्रालयको गाडीलाई सेतो प्लेट बनाएर ऊर्जामन्त्री राधा ज्ञवालीलका स्वकीय सचिव राजेन्द्र ढकालले दुरुपयोग गरेका हुन् ।
ढकालले गाडीबाट एमाले महाधिवेशनका प्रतिनिधि छनौटका लागि कार्यकर्ता ओसार्ने र केपी शर्मा ओली पक्षधरका कार्यकर्ताका ओसारपसारका लागि प्रयोग भएको एमालेकै कार्यकर्ताहरुले बताएका छन् । महाधिवेशन प्रतिनिधलाई प्रभावमा पार्न सरकार गाडी दुरुपगोय भएको हो ।
प्रधानमन्त्री सुशील कोइरालाले एमालेको महाधिवेशनमा सरकारी गाडी दुरुपयोग नगर्न कार्यबाहक गृहमन्त्री वामदेव गौतमलाई आदेश दिए पनि यसको अवज्ञा भएको छ ।
एमाले वरिष्ठ नेता तथा अध्यक्षका उम्मेदवार माधवकुमार नेपालले गुटको कामका लागि सरकारी गाडी दुरुपयोग गर्ने मन्त्रीहरुका विषयमा पार्टीमा छलफल हुने बताएका छन् ।