प्रहरीको नाममा ठग्दै हिड्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असार ५ गते ६:२३ मा प्रकाशित

पर्सा, ५ असार – ‘आफू प्रहरी हुँ’ भनी रकम माग गर्दै हिँडेका एक युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाले बुधबार रकम उठाउँदै हिँडेका वीरगन्ज उपमहानगरपालिका–२ निवासी २४ वर्षीय मुकेश चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरी हुँ भन्दै वीरगन्जबाट विभिन्न व्यक्तिसँग रकम माग गर्दै हिँडेको विशेष सूचनाका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई जिप्रकामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई बुधबारै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई केही सार्वजनिक अपराध मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद बुझिएको जिल्ला प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us