युवती बेच्ने गिरोह पक्राउ

काठमाण्डु टुडे २०७१ असार ५ गते ६:०० मा प्रकाशित

विराटनगर, ५ असार – मोरङको एक युवतीलाई ललाइफकाई भारतको दिल्लीस्थित वेश्यालयमा रु एक लाख ५० हजारमा बिक्री गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका गोर्खाली टोल निवासी ४५ वर्षीया मीना तामाङ, सोही स्थान बस्ने २२ वर्षीया सुजना तामाङ, २२ वर्षीय विष्णु तामाङ र २५ वर्षीय सुनवार राई छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेकालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us