
काठमाण्डु, ५ असार –जनकपुर बमकाण्डका मुख्य अभियुक्त एवं निलम्वित सभासद संजय कुमार साहको मुद्दामा आज पुनरावेदन अदालत धनुषामा आज पहिलो सुनवाई हुँदैछ ।
साह पूर्पक्षका लागि सिरहा कारागारमा थुनामा छन् । परिवारले साधारण तारिखमा छोड्नको लागि निवेदन दर्ता गराएपछि सुनुवाई हुन लागेको हो ।
२०६९ बैशाख १८ गते मिथिला राज्य संघर्ष समिति मिथिला राज्यको माग गर्दै धर्नामा बसेको बेला गराईएको बम विष्फोटमा ५ जनाको ज्यान गएको थियो ।भने दुई दर्जन भन्दा बढी घाईते भएका थिए ।
त्यसको योजनाकारका रुपमा बैशाख २५ गते धनुषा जिल्ला अदालतले साहलाई पूर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको थियो ।