एमाअाेवादी अार्थिक संकटमा

काठमाण्डु टुडे २०७१ असार ५ गते ३:१५ मा प्रकाशित

काठमाण्डु, ५ असार– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेरसार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् । उनको maoist-flagयो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाईपार्टीभित्रै कतिपयले ‘सस्तो प्रचार’ भने पनि खर्च अभावले नेताहरू छटपटिनथालेको स्रोतले बतायो ।

संविधानसभामा तेस्रो पार्टीमा झरेपछि एमाओवादीको वैधानिक आम्दानी ह्वात्तैघटेको हो । पहिलो संविधानसभामा २ सय ४० सभासदबाट मासिक १० हजारका दरलेलेबी लिइन्थ्यो । हाल ८० सभासदबाट मासिक १२ हजार लिइन्छ ।

उसको देखिनेआम्दानी यति मात्र हो । यो रकम केन्द्रीय कार्यालय र कार्यरत कर्मचारीकालागि खर्च हुन्छ । कहिलेकाहीं केही नेतालाई खर्च पनि दिइन्छ तर अधिकांशनेताले खर्च आफैं व्यवस्थापन गर्दै आएका छन् । ‘निर्वाचनमा पार्टी तेस्रोभएपछि आर्थिक स्रोत पनि सुक्दै गएको छ,’ स्रोतले भन्यो ।

संविधानसभाको पहिलो पार्टी हुँदा र सरकारमा रहँदा उसको आम्दानी ठूलैहुन्थ्यो । पार्टी, नेता-कार्यकर्ता सबैलाई फालाफाल खर्च पुग्ने अवस्थाथियो । नेताहरूको जीउमा ‘ब्रान्डेड’ सामान हुन्थ्यो, खानपान महँगा होटल, रेस्टुरेन्टमा हुन्थ्यो । त्यो बानी अहिले पनि हटेको छैन तर नेताहरूकोआम्दानी घट्दै गएको छ ।

चुनावपछि हाल ऊ सडक र सदनमा छ । दाताहरूले पत्याउन छाडेका छन् । चन्दासहयोग पनि ह्वात्तै घटेको छ । एमाओवादीका ‘प्रभावशाली’ नेताबाहेक अन्यलाईखर्च चलाउन हम्मे-हम्मे छ । राजधानीमा बस्ने केन्द्रीय नेताको कम्तीमा पनिमासिक ५० हजार रुपैयाँ खर्च हुन्छ ।

सभासद भएका नेताहरूका लागि यो खर्च जुटाउन सहज छ । उनीहरू संसद्सचिवालयबाट नियमित तलब र अन्य खर्च पाउँछन् । उनीहरूको प्रभाव निर्वाचनक्षेत्रदेखि केन्द्रसम्म रहने भएकाले अरूबाट पनि सहयोग प्राप्त हुन्छ ।केन्द्रदेखि जिल्ला समितिहरू ऋणमा छन् ।

स्थायी समिति सदस्य लोकेन्द्र बिष्टले दैनिक खर्च चलाउन धौ-धौ भएकालेउत्पादनमुखी कामको तयारीमा लागेको बताए । ‘दैनिक खर्च चलाउन गाह्रो हुँदैगएको छ,’ उनले भने, ‘त्यसकारण व्यक्तिगत गाडी चढ्न कम गरेको छु । अन्य खर्चपनि घटाउँदै लगेको छु ।’ उनी मात्र होइन, धेरै नेता तथा कार्यकर्ताउत्पादनमूलक काम गरी आयस्रोतको खोजीमा छन् । केही लागिसकेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजीश्रेष्ठ र पोस्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा, सचिवहरू वर्षमानपुन र गिरिराजमणि पोख्रेल, कोषाध्यक्ष हरिबोल गजुरेल, नेता टोपबहादुररायमाझीलगायत केहीलाई दैनिक खर्च चलाउन खासै गाह्रो छैन । त्यसबाहेक अन्यस्थायी समिति, पोलिटब्युरो ‘प्रभावशाली’ नेतालाई पनि अप्ठ्यारो छैन । महरा सभासद, पोख्रेल संसदीय दलका प्रमुख सचेतक, पुनकी पत्नी एवं नेतृ ओनसरीघर्ती उपसभामुख भएकाले नियमित आम्दानी छ । उपाध्यक्ष श्रेष्ठ र बोगटीलाईकेही हिस्सा खर्च केन्द्रीय कार्यालय र बाँकी शुभचिन्तकले दिन्छन् ।

दाहाल तथा भट्टराई पूर्वप्रधानमन्त्री र अन्य नेताहरू मन्त्रीलगायतप्रभावशाली पदमा रहिसकेकाले बाह्य आर्थिक सहयोग जुटाउन गाह्रो छैन । केहीनेताले ठूला कम्पनीमा लगानी गरेको चर्चा पनि बेला-बेला चल्छ । तर उनीहरूलेदेखिने गरी लगानी गरेको तथ्य फेला परेको छैन ।

एमाओवादीका ८० सभासदको मासिक १२ हजार लेबी संसदीय दलको बैंक खातामा जम्माहुन्छ । संसदीय दलको निर्णयमा त्यो रकम खर्चिन्छ । त्यसबाहेक पार्टीलाईचन्दा स्वरूप आउने सहयोग अध्यक्ष दाहालको नियन्त्रणमा हुन्छ । ‘आर्थिकदुःख’ पर्दा दाहाल निवास लाजिम्पाट धाउने नेताहरूको संख्या धेरै छ ।जतिसुकै वैचारिक, सैद्धान्तिक र सांगठनिक मतभेद भए पनि नेता भट्टराईले खर्चचलाउन अप्ठ्यारो पर्दा दाहालबाटै लिने गरेको उनका सहयोगीले बताए ।

दाहाल मासिक एक लाख तीन हजार रुपैयाँ तिरेर लाजिम्पाट, भट्टराई मासिक ५०हजारमा सानेपा, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ २५ हजारमा हात्तीवनमा डेरालिएर बस्दै आएका छन् । अर्का उपाध्यक्ष पोस्टबहादुर बोगटी स्वयम्भू सानोभर्‍याङ, चक्रपथबाहिर बस्छन् ।

राजधानीमा केही नेताले घरघडेरी जोडेको चर्चा पार्टीभित्र छ । डेढ वर्षअघिनेता अमिक शेरचनको संयोजकत्वमा बनेको नेताको सम्पत्ति छानबिन समितिलेप्रतिवेदन तयार पारे पनि त्यो सार्वजनिक भएको छैन । त्यसबेला प्रभावशालीकेन्द्रीय नेताले ‘अकुत’ सम्पत्ति जोडेकोबारे भने प्रतिवेदनमा उल्लेख नभएकोस्रोतले जनाएको छ ।

नेताहरूले राजधानीमा घर बनाउन पार्टीमा अनुमति लिनुपर्ने कुरा पनि उठ्नथालेको छ । पार्टीले घर बनाउने अनुमति दिने हो भने अपारदर्शी गतिविधि नहुनेनेताहरूको भनाइ छ । पछिल्लो केन्द्रीय समिति बैठकले पार्टी र नेताहरूकाआर्थिक व्यवस्थापन गर्नेबारे महासचिव महरा, सचिवहरू पुन र पोख्रेलले अध्ययनथालेका छन् ।

कोषाध्यक्ष हरिबोल गजुरेलले आर्थिक व्यवस्थापन कसरी गर्ने भन्नेबारेअध्ययन सुरु भएको जानकारी दिए । ‘पार्टीलाई आएका सहयोग, लेबीलगायत आम्दानीसंस्थागत गर्नेबारे पहल थालिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘पार्टी आर्थिकसंकटमा छ । आयव्यय कसरी व्यवस्थित गर्ने योजना छिट्टै बनाउँछौं ।’

पूर्णकालीन नेता तथा कार्यकर्तार्को जीवनस्तर चलाउन उत्पादनमुखी कामलाईप्राथमिकता दिने विषयमा स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतलाई जिम्मादिइएको छ । ‘हामी केन्द्रदेखि स्थानीय स्तरसम्म योजना तयार गर्दै छौं,’ उनले भने, ‘त्यसपछि देशव्यापी रूपमा उत्पादनको काम अघि बढ्छ ।’

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us