नायिका ऋचासिंह ठकुरीको विहे यही साता

काठमाण्डु टुडे २०७१ असार ५ गते २:२७ मा प्रकाशित

richa_singhकाठमाण्डु, ५ असार –अभिनेत्री ऋचा सिंह ठकुरी पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग ऋचाले बिहे गर्ने भएकी हुन् ।

विराटनगरका स्थायी थापासँग ऋचाको यही असार ६ गते शुक्रबार मागी पछिको प्रेम बिहे हुँदैछ । बेहुला र बेहुली पक्षले असार ७ गते नयाँ बानेश्वरको ईन्द्रेणी बैक्याटमा भोज दिंदैछन् । दुवै पक्षले आफन्त, फिल्मकर्मी तथा सञ्चारकर्मी समक्ष बिहे भोजको निमन्त्रणा कार्ड पुर्याइसकेका छन् ।

निम्तालु फिल्मकर्मी र सञ्चारकर्मीको संख्या भने न्यून रहेको छ ।ऋचाले झन्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘नाइँ नभन्नू ल’, ‘म तिम्रो भैसकें’ जस्ता ऋचाका चर्चित फिल्म हुन् ।

पछिल्लो समय ऋचा फिल्ममा त्यती व्यस्त छैनन् । सम्भवत उनी अब फिल्म क्षेत्रबाट टाढै रहनेछिन् ।वर्ष ०७१ सालमा ऋचासँगै अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का तथा निर्देशक तथा कलाकार अनुप बराल र अभिनेत्री दीया मास्केको बिहे हुँदैछ । राजेश हमाल र आर्यन सिग्देलले यसै वर्ष बिहे गरि सकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us