तरकारीमा विषादी हाल्नेलाइ कारवाही हुने

काठमाण्डु टुडे २०७१ असार ५ गते २:२१ मा प्रकाशित

tarkari-marketकाठमाण्डु, ५ असार –  धेरै नाफा कमाउने लोभमा परर तरकारीमा अत्याधिक विषादी हाल्ने किसानहरु सावधान । कृषी विकास मन्त्रालयले कालिमाटीस्थित ‘फलफुल तथा तराकारी बजार मा विषादीको मात्रा पत्ता लगाउने प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

मुलुकमा मुलुकमा भित्रिने विषदीको ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन थालेपछि मन्त्रालयले विषादी अबशेष द्रुत बिश्लेषण प्रयोगशाला ल्याएको हा । प्रयोगशालामा ताइवानबाट ल्याइएको नौ लाख रुपैया लागतको स्पेक्टोफोटोमिटरले तरकारी र फलफुलमा रहेको विषादीको अवशेष जाच्नेछ ।

मन्त्रालय मातहत रहेको बाली संरक्षण निर्देशनालयका चार जना प्राविधिक (उपसचिव) हरुले थोकबजारमा बिक्रिमा राखिने तरकारी र फलफुलको नमुना छानेर विषादी जाच्नेछन् । ’

बजारमा ल्याइएको तरकारीको नमुना छानेर विषादीको अवशेषको मात्रा कति छ आधा घन्टाभित्र जाचेर मात्रै साना बजार र उपभोक्तालाई विक्रिकालागी अनुमती दिने छौ,’ प्रयोगशाला संचालनको जिम्मा लिएको बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले भने ।

उनका अनुसार, ताइवानले विकास गरेको यो प्रविधि एशियाप्रान्तमा भित्र्याउनेमा नेपाल चौथो मुलुक हो । उनका अनुसार, प्राविधिकहरुले अत्याधिक विषादी भेटीएका कृषि उपजलाई बजारमा प्रतिवन्ध लगाउदै किसानलाई फिर्ता पठाउनेछन् ।

विषादीको अत्याधिक प्रयोग गर्ने किसानहरुलाई विषादी ऐन अनुसार, कारवाही पनि गरिनेछ । ‘उपभोक्ताको स्वास्थ्यमाथी कसैलाई खेलवाड गर्ने अधिकार छैन,’ मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘यो प्रयोगशालाको स्थापनाले किसानहरुले पनि सन्तुलित ढंगबाट विषादीको प्रयोग गर्न सिकुन ।’ उनले व्यवसायी र किसान दुबैले प्रयोगशालालाई उत्प्रेरणाका रुपमा लिन सुझाउदै उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिन भने ।आजको कान्तिपुर दैनिकमा खबर छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us