बजेट पूर्वको छलफल सकियो

काठमाण्डु टुडे २०७१ असार ४ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, ४ असार– बजेट पूर्व तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा गत जेठ ३० गतेयता जारी छलफल बुधबार सकिएको छ ।
ca२८ असारमा अर्थमन्त्री रामशरण महतले उक्त  विषय छलफलका लागि सदनमा पेस गरेका थिए ।

छलफलमा सहभागी सभासद्हरूले शिक्षालाई प्राथमिकता दिनुपर्ने, वृद्धवृद्धा तथा एकल महिलाको भत्ता बढाउनुपर्ने र उनीहरुको स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने बताए ।

विदेशिएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने योजना ल्याउनुपर्ने, जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने, प्रवेशिका परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुन नदिन प्रयास गर्नुपर्ने र पुरातात्विक संरचना चुस्त र दुरुस्त बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

छलफलमा अन्य सभासद्हरूले आर्थिक वर्ष वैशाख महिनादेखि नै प्रारम्भ गरिनुपर्ने, पर्यटन स्वास्थ्यमा आधारित बजेट ल्याइनुपर्ने, जमिन बाँझो राख्न नपाइने नीति बनाइनुपर्ने र कृषिक्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरण गरिनुपर्ने सुझाव दिए । व्यवस्थापिका–संसदको अर्को बैठक आगामी असार १० गते बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us