विदेश गएकाकी श्रीमतिसँग यौन सम्बन्ध राखेको आरोपमा कुटिए शिक्षक

काठमाण्डु टुडे २०७१ असार ४ गते १४:४० मा प्रकाशित

नुवाकोट, ४ असार– अर्काकी श्रीमतिसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा नुवाकोटका एक शिक्षकमाथि कुटपिट भएको छ ।
नुवाकोट तारुकास्थित कृष्ण उच्चमाविका शिक्षक खमलाल तिमिल्सिनालाई एक महिलासँग अवैध यौन सम्बन्ध राखेको आरोपमा बुधबार स्थानीयले सांघातीक आक्रमण गरेका हुन् ।
स्थानीयको कुटाइबाट तिमल्सिना घाइते भएका छन् । कुटपिटपछि स्थानीय युवाले उनलाई प्रहरीसमक्ष बुझाइएका छन् ।  जिल्ला प्रहरी कार्यालयका निरीक्षक कुशनकुमार बस्नतले शिक्षक तिमिल्सिनामाथि लागेको आरोपबारे छानबिन भइरहेको बताए ।
धादिङ स्थायी घर भएका तिमिल्सिनाले चार दिनसम्म अर्काकी श्रीमतिलाई काठमाण्डुमा राखेर अवैध यौन सम्बन्ध राखेको आरोप स्थानीयको छ । एक सन्तानीका आमा ती महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेकाे पत्रकार जगदिश खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us