साउदी कोषले तीन अर्ब ऋण दिने

काठमाण्डु टुडे २०७१ असार ४ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ४ असार – साउदी विकास कोषले बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि रु दुई अर्ब ८५ करोड ९० लाख ऋण दिने भएको छ ।

saudi devअर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र साउदी कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक इन्जिनियर युसुफ बिन इब्राहिम अलबास्सामले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त आयोजनाको सम्पन्न भएपछि त्यस क्षेत्रका जनताले रोजगारीका अवसर प्राप्त गर्नुका साथै आर्थिक गतिविधि वृद्धि हुने विश्वास लिइएको छ । कार्यक्रममा अर्थसचिव भुसालले प्राप्त सहयोगले नेपालको ऊर्जा सङ्कटलाई न्यून गर्न सहयोग पुग्ने बताए ।

ऊर्जा मन्त्रालयअन्तर्गतको करिब ३० मिलियन अमेरिकी डलरको लागतमा निर्माण उक्त आयोजना सन् २०१९ मा सम्पन्न हुनेछ । अछाम जिल्लामा रहेको उक्त आयोजनाको क्षमता २० मेगावाट हो । साउदी विकास कोषले ३० मिलियन, कुवेती कोषले १८ मिलियन र बाँकी १२ मिलियन अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us