नेपालको सिक्का संसारमै हलुका

काठमाण्डु टुडे २०७१ असार ३ गते ५:२० मा प्रकाशित

sikkaकाठमाण्डु, ३ असार –विभिन्न अनलाइन पोर्टलको सुचनालाई सही मान्ने हो भने नेपालको सबैभन्दा कम तौलको सिक्कामा रेकर्ड बनाएको छ ।

संसारकै सबैभन्दा हलुका सून्य दशमलव ००२ ग्राम को सिक्का नेपालमा बनेको भनेर विभिन्न वेबसाइटहरुले उल्लेख गरेको समाचार कान्तिपुर दैनिकमा छ ।

जसमध्ये एउटालाई आधार बनाएर बैंक अफ भुटानले आफ्नो प्रकाशनमा समेत यो कुरा समेटेको छ । राष्ट्र बैंकका अधिकारीसँग जानकारी लिदाँ यसबारे प्रष्ट गर्न सकिएन । तर राष्ट्र बैंकले तयार पारेको एक पुस्तकले २०३७ सालयता भने उक्त तौलको सिक्का नभएको देखाउँछ ।

२०३७ सालयता सबैभन्दा कम तौलको सिक्का ० दशमलव ५ ग्रामको थियो । अलमुनियममा बनाइएको उक्त सिक्का एक पैसा बराबरको थियो ।

त्यसअघि बनेका सिक्का सिक्काको तौल वेबसाइटले भनेजस्तो कम हुन सक्छ राष्ट्र बैंकका एक अधिकारीले भने तर यसबारे अध्ययन गर्नुपर्ने हुन्छ । राष्ट्र बैंक स्थापना हुनुअघि सरदार मुलुकीखानाले नोट र सिक्का प्रकाशन गर्ने गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us