राष्ट्रपति भवनमा फिल्म अवार्ड र रात्री भोज हुने

काठमाण्डु टुडे २०७१ असार ३ गते ३:५४ मा प्रकाशित

sitalniwashकाठमाण्डु, ३ असार – असार १६ गते सोमबार साँझ राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड हुने भएको छ । लामो समयको पर्खाइपछि यो अवार्डको मिति टुँगो लागेको हो ।

विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले शितल निवासमा हुने अवार्डको औपचारिक जानकारी दिए । उनले भने, ‘हामी अवार्डको पूर्व तयारीमा व्यस्त छौं । असार १६ बाट अवार्ड पर सर्दैन । राष्ट्रपति रामवरण यादवको हातबाट अवार्ड बाँडिनेछ ।

जुरीले सदस्यले अवार्ड विजेताको अन्तिम तालिका निकाल्दैछ । राष्ट्रिय चलचित्र अवार्डमा वर्ष ६७, ६८, ६९ र ७० सालमा प्रदर्शन भएका फिल्म समावेश हुँदैछन् ।

असार १६ गते राष्ट्रपति भवनमा अवार्ड सहित रात्री भोज पनि आयोजना हुनेछ ।

करिब एक सयको हाराहारीमा फिल्मकर्मी सहित सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वलाई राष्ट्रपति भवनमा उपस्थित गराउने विकास वोर्डको योजना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us