नेता नेपाल अध्यक्षको झमेलामा अल्झिनुहुदैन : महासचिव पोखरेल

काठमाण्डु टुडे २०७१ असार २ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २ असार – एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका नेता माधवकुमार नेपाललाई थप नेतृत्वको झमेलामा अल्झाउन नहुने बताएका छन् ।

ISHWOR-POKHRELएमालेको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार आयोजित युवा कार्यकर्तासागको अन्तक्र्रिया कार्यक्रममा ‘नेतृत्व हस्तान्तरण र युवा नेतृत्व विकास’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै महासचिव पोखरेलले भने, ‘नेता नेपालले विभिन्न कालखण्डमा जे जति योगदान गर्नुभयो, पार्टी पङ्ति अनुगृहित नै छ । उहाँले आफ्नो योग्यता र क्षमताको प्रयोग गर्ने यथेष्ट मौका पाइसक्नुभएको छ । अब उहााले आफ्नो अनुभव हस्तान्तरण गर्ने समय हो ।’

उनले झापा आन्दोलनदेखिको निरन्तर योगदानको मूल्याङ्कन र हस्तान्तरणको प्रणालीलाई स्थापित गर्न नेता केपी ओलीलाई अध्यक्ष बनाउन प्रस्ताव गरिएको स्पष्ट पारे ।

कार्यक्रममा एमालेका सचिवहरू शङ्कर पोखरेल र विष्णु पौडेल तथा पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले ओलीलाई अध्यक्ष बनाउनु समयको माग भएको धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us