नेविसंघको महाधिवेशन भदौमा

काठमाण्डु टुडे २०७१ असार २ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, २ असार – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति तोकिएको छ । यो मिति संघले पाचौ पटक तोकेको हो ।

nebisanghaकाँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको नेविसंघको केन्द्रीय समिति बैठकले आगामी भदौ २९, ३० र ३१ मा ११ औँ महाधिवेशन गराउन पार्टीसमक्ष प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

पटक पटक महाधिवेशनको मिति तोकिए पनि स्थगित हुँदै आएको नेविसंघको महाधिवेशनको पाँचौ पटक भदौँ २९, ३० र ३१ मा सम्पन्न गराउनका लागि माउ पार्टीसमक्ष प्रस्ताव लगिने भएको हो ।

नेविसंघको अध्यक्षबाट प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीका साथ नेतृत्वमा आएका रञ्जित कर्णले ३० महिनापछि पाँचौँ पटक महाधिवेशनको मिति घोषणा गरेका हुन् ।

यस्तै बैठकले अधिवेशन हुन बाँकी क्याम्पस तथा जिल्लाको अधिवेशन असार भित्रमा गराउने र असार १५ भित्रमा महाधिवेशन प्रतिनिधी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

विधानअनुसार महाधिवेशन प्रत्येक दुईदुई बर्षमा हुनुपर्नेमा ७ वर्ष बित्दा पनि हुन सकेको छैन । यसअघि गएको जेठ २९, ३० र ३१ गतेका लागि तोकिएको महाधिवेशन अन्तिम समयमा आएर विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले विशेष कारण भन्दै स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us