विद्युत उत्पादनमा डलरमा सम्झौता नगर्ने उर्जामन्त्रीको प्रतिबद्धता

काठमाण्डु टुडे २०७१ असार २ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, २ असार – उर्जामन्त्री राधा ज्ञावलीले अब कुनै पनि विद्युत उत्पादकहरुसँग डलरमा पीपीए सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

radha gyawaliरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भोटेकोशी खिम्ती जलविद्युत आयोजनामा समेत त्यस्तो ब्यवस्था गर्न नर्वेजीयन राजदुतावाससँग कुराकानी भईरहेको जानकारी दिइन् ।

साक्षात्कारमा मन्त्री ज्ञवालीले असार महिनाभित्रै २ घण्टामा लोडसेडिङ झार्ने र आगामी वर्ष १२ घण्टा भन्दा बढी लोडसेडिङ बढ्न नदिन अहिलेदेखि सरकारले योजना बनाएर काम गर्ने स्पष्ट पार्दै जनताले तिरेको महसुललाई विद्युत उत्पादनमा लगाउने गरी छुट्टै कोष बनाएर यो वर्ष २५, अर्को वर्ष १२५ र त्यसपछिको वर्ष १५० मेघावाट विद्युत उत्पादन गरिने योजना सुनाईन् ।

उनले आगामी बजेटमा उर्जाको बजेट ३० अरबबाट ५५ अर्व पुर्याउन प्रस्ताव गरेको जानकारी दिदै त्यसबाट ठूला आयोजना निर्माण प्रक्रिया अघि बढाउने कामसँगै सौर्य उर्जालाई दु्रत गतिमा अगाडि बढाउने बताईन् । यद्यपी उनले विराटनर र हेटौडामा रहेको डिजेल प्लान्टलाई भने क्रमस बन्द गर्दै जाने नीति सरकारले अघि बढाउने जानकारी दिए ।

मन्त्री ज्ञावलीले यो आर्थिक वर्षबाट २० देखि २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने प्रक्रिया सुरु गर्ने गरि काम थलिने जानकारी दिदै यसैवर्षबाट १० हजार ८ सय मेघावाट क्षमताको चिसापानी आयोजनालाई महत्वपूर्ण परियोजनाको रुपमा अघि बढाउने बताईन ।

५ हजार ६ सय मेघावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्य आयोजना निर्माणको काम समेत अघि बढ्ने जानकारी दिदै भारतीय दुतावासले संयूक्त कार्यालय खोल्न प्रस्ताव गरेकोले छिट्टै कार्यालय खोलेर काम अघि बढाईने बताईन ।

उनले नौमुरे, सुनकोशी, दुधकोशी आयोजनाको काम निजी क्षेत्रको सहकार्यमा अघि बढाईने उल्लेख गर्दै मुआब्जा विवाद टुङग्याएर खिम्ती ढल्केबर मुजफ्फरपुर प्रशारण लाईन दु्रत गतिमा निर्माण सम्पन्न गरिने जानकारी दिईन् ।

उनले ६६ प्रतिसतमा रोकिएको ग्रामिण विद्युतीकरणलाई यसैवर्षबाट दु्रत गतिका साथ अघि बढाउने तयारी भईरहेको समेत बताईन् ।

मन्त्री ज्ञवालीले माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्युत आयोजनामा अवरोध नगर्न नेकपा–माओवादीसहितका दलहरुलाई आग्रह गर्दै सरकारले यसवर्ष सबै अवरोध हटाएर निर्माण सुरु गरिने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us