बर्लिन सडक महोत्सवमा नेपाल पाँचौ

काठमाण्डु टुडे २०७१ असार २ गते ९:४८ मा प्रकाशित

carneval_004

जर्मनी – जर्मनीको बर्लिनमा सम्पन्न “कार्नेभाल डेर कुल्टुर” नामक साँस्कृतीक सडक महोत्सवमा नेपालले पाँचौ स्थान हाँसिल गरेको छ ।

प्रतियोगिता गत जुन आठ तारिखमा भएको थियो । प्रतियोगितामा विश्वका ८० देशको सहभागिता रहेको थियो ।

carneval_002महोत्सवमा नेपाली कलालाई प्रवद्र्धन गर्न आँखिभ्mयाल र काठका मुर्तीहरु एक ट्रकमा महोत्सव स्थलमा राखिएको थियो । साथै देवी देवताको मुर्ती राखेर सजाईएको थियो ।

सडक महोत्सवमा सात लाख भन्दा बढी मानिसहरुको सहभागिता थियो ।

गत वर्ष आयोजना गरिएको कार्नेभाल डेर कुल्टुर कार्यक्रममा हिन्दु वौध्द धर्म तथा नेपाली संस्कृती झल्काउने गाईजात्रा र नेपाली नृत्यहरुको प्रस्तुती वाट नेपाली टोलीले दशौ स्थान प्राप्त गरेको थियो ।

carneval_005हरेक देशका सहभागीहरुले आप्mनो संस्कृती, संगित, भेषभुषा, रहनसहन र समग्र समाजलाई समेट्ने प्रस्तुती गर्नुपर्ने नियम अनुसार यसपालीको कार्नेभाल डेर कुल्टुर महोत्सवमा नेपालको तर्फवाट “युनिटी इन डाइभर्सिटी अफ नेपाल” अर्थात “नेपालको बिविधतामा एकता” शिर्षक राखेर आप्mनो प्रस्तुती गरिएको थियो ।

नेपाली प्रस्तुतीका लागि कार्यक्रम संयोजक बिज्ञान महत भन्छन् “नेपालको भौगोलिक र साँस्कृतिक बिविधता लाई बिश्वसामु चिनाउनु र नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न किसिमका साँस्कृतीक हेरिटेज यात्राको रुपमा पर्यटन गर्न सकिन्छ भनेर बिदेशीहरुलाई जानकारी दिनु हाम्रो प्रस्तुतीको प्रमुख उद्धेश्य थियो ।साथै बिभिन्न जातजाती र समुदायहरुका वीचमा एकता र आपसी सदभाव रहदै आएको हाम्रो नेपाली समाजको पुर्नसंरचना गर्दा समानताका आधारमा एकता कायम राखिराख्न निकै आवश्यक छ भन्ने सन्देश दिनु पनि हाम्रो प्रस्तुतीको अर्को उध्येश्य थियो।“

गत वर्ष र यसपालीको प्रस्तुतीको कोरियोग्राफी तयार पार्ने लुजना श्रेष्ठ भन्छिन, “नेपालका बिभिन्न क्षेत्रका बिभिन्न संस्कृतीहरुः हिमालमा शेर्पा, थकाली, गुरुङ, पहाडमा दलित क्षेत्री ब्राह्मण, राई, लिम्वु, तामाङ, मगर र मिथिला भोजपुरी थारु लगायतका जातजातीहरु रहेको तराइ अनि नेवारहरु रहेको काठमाण्डौ उपत्यका सवैको प्रतिनिधित्व गरेर हामीले नेपाली सामुहिकता र विविधतामा एकताको सांकेतिक प्रस्तुती गरेका हौं।”

कार्यक्रम तयारीको लागि नेपाली दुतावास वर्लिन र एनआरएनए जर्मनीले सहयोगीको भुमिका खेलेका थिए ।

कार्यक्रमका सवै सहभागिहरु दौरा सुरुवाल, धोती,फरिया चोली बख्खु आदी नेपालीपन झल्काउने पोसाकमा उपस्थित थिए । उनीहरु सवैको एउटै सन्देश “हामी सवै नेपाली नै हौं” भन्ने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us