
काठमाण्डु, २ असार– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी साेमबार स्वदेश फर्किएकी छन् ।
नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सात पूर्वप्रधानमन्त्रीहरु र विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन् ।
उनले संविधानसभा बैठकमा सभासदहरुलाई विशेष सम्बोधन गर्दै एक वर्षभित्र सबै जनताले स्वीकार गर्ने संविधान निर्माण गर्न सुझाव दिएकी थिइन् । उनलाई सरकारले डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरेको छ ।
नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई आइतबार नागरिक अभिनन्दन गरिएको थियो ।