पशुपतिका पूजारी फेरिए

काठमाण्डु टुडे २०७१ असार १ गते १५:३० मा प्रकाशित

काठमाण्डु, १ असार– पशुपति क्षेत्र विकास सञ्चालक परिषदले मन्दिरका मुल भट्ट परिवर्तन गरेको छ ।
pashupatinath nepalआइतबार बसेको परिषद बैठकले गणेश भट्टलाई मूल पुजारीमा सिफारिस गरेको छ । बैठकले मूल भट्ट महावलेश्वरको राजीनामा स्वीकृत गर्दै गणेश भट्टलाई मूल पूजारी सिफारिस गरेको हो ।
कोषका सदस्यसचिव गोविन्द टण्डनले पूरानाको राजीनामा स्वीकृत गर्दै नयाँ पुजारी नियुक्तिका लागि प्रधानमन्त्री सुशील कोइरालासमक्ष पठाउने निर्णय गरेको जानकारी दिए । मूल भट्ट महावलेश्वरले घरायसी कारण देखाउंदै गत कात्तिकमा मूल भट्टले राजीनामा दिएका थिए । कोषको संरक्षकाका हैसियतमा पूजारी नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us