एसएलसीले तीनको ज्यान लियो

काठमाण्डु टुडे २०७१ असार १ गते १२:५५ मा प्रकाशित

सिन्धुली, १ असार – एस.एल.सी परिक्षामा फेल भएकै कारण सिन्धुलीमा तीन विद्यार्थीले आत्महत्या गरेका छन् ।

भीमस्थान–२ बस्ने १७ बर्षीया पवित्रा वि.क., भीमस्थान  राम्चेकी ईश्वरी कटुवाल र मजुवा गैरीगाउँका २१ वर्षीय प्रवीण दाहालले आत्महत्या गरेका हुन्  ।

पवित्रा र ईश्वरी चन्द्रावती उच्च मावि र प्रवीण गणेश उच्च माविका परिक्षार्थी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us