हतियारको मोह त्यागे शान्ति स्थापनासँगै प्रजातन्त्रको जग बलियो हुने : सुकी

काठमाण्डु टुडे २०७१ असार १ गते १२:३७ मा प्रकाशित

बुटवल, १ असार – नेपाल भ्रमणमा रहनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन् ।

sukiसो अवसरमा उनले हतियारको मोह त्यागेर बुद्धको सन्देशलाई आत्मसात गर्न सके शान्ति स्थापनासँगै प्रजातन्त्रको जग बलियो हुने बताइन् ।

नेत्री सुकीले नेपालमा पटकपटक आएपनि बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक आउन पाउदा साह्रै खुसी लागेको बताउँदै लुम्बिनी बौद्धमार्गी र शान्तिप्रेमीका लागि महत्वपूर्ण तीर्थस्थल हो भनिन् ।

उनले नेपाल सुन्दर र सानो देश भएकाले चाँडै विकासको बाटोमा उल्लेख्य प्रगति गर्ने विश्वास आफूले लिएको बताइन् ।

लुम्बिनीमा उनले बर्मेली बौद्ध मन्दिरको अवलोकन गर्नुका साथै पूजाअर्चनासमेत गरेकी थिइन् ।

उहाँले मायादेवी मन्दिरमा पूजा तथा प्रार्थाना गर्नुका साथै लुम्बिनीका बारेमा जानकारी लिएकी थिइन् ।

नेत्री सुकीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कार्मा स्याङबो लामा, सदस्यसचिव अजितमान तामाङ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलगायतले लुम्बिनीका बारेमा जानकारी दिएका थिए ।
नेत्री सुकीका साथमा नेपाली काँग्रेसका केन्दीय सदस्य तथा सभासद् डा सशाङ्क कोइराला रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us