अफगानिस्तानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १०:३५ मा प्रकाशित

काबुल, ३१ जेठ– अफगानिस्तानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन सुरु भएको छ ।
election in afganनिर्वाचनमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा वर्तमान अफगान राष्ट्रपति हमिद कारजायीले मतदान गरिसकेका छन् । यसअघि सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत हासिल गर्न नसकेपछि दोस्रो पटक निर्वाचन भएको  हो ।
शनिबार बिहान ७ बजेदेखि नै खुला भएको निर्वाचनको मतदानका लागि कयौं नागरिक पालो कुरेर बसिरहेका देखिन्छन् ।
सशस्त्र विद्रोही समूह तालिवानहरुले मतदान नगर्न धम्की दिएको भए पनि मतदानमा मतदाताको उल्लेख्य सहभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघिको निर्वाचनमा आठ जना उम्मेदवार रहेका थिए । तर कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् ।
अफगानिस्तानको संविधानमा कुनैपनि उम्मेदवारले राष्ट्रपतिको निर्वाचनमा विजयी हुनका लागि उसले कम्तीमा पनि ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।  शनिबार सबैभन्दा बढी मत ल्याउने दुई जनाका बीचमा प्रतिस्पर्धा भएको छ ।

प्रतिस्पर्धामा अफगानिस्तानका पूर्वविदेश मन्त्री अब्दुल्लाह अब्दुल्लाह र विश्व बैंकका अर्थशास्त्री असरफ घानी चुनावी मैदानमा छन् ।
अफगानिस्तानमा रहेका करिब एक करोड २० लाख मतदातामध्ये यसअघिको निर्वाचनमा ७० लाखले मतदान गरेका थिए । पहिलो चरणको निर्वाचन गत अप्रिल ५ मा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us