निशा अधिकारी र सरद भेषवाकारबीच प्रेम प्रसंग

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ४:३२ मा प्रकाशित

sarad+nishaनायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीच सम्बन्ध गहिरिएको छ । सार्वजनिक समारोहमा समेत यी जोडीसँगै देखिन थालेका छन् ।

सिनेमा र क्रिकेट नितान्त फरक पाटो हो तर पनि भेषवाकर र अधिकारी बाक्लै भेट भएको देखिन्छ । उनीहरुको सम्बन्धबारे धेरै मिडियाले लेखेका पनि छन् ।

चलचित्र सम्बन्धी एउटा अनलाइन फिल्मी खवरले समेत यी दुईको सम्बन्धबारे रोचक खवर लेखेको छ । अभिनेत्री निशा अधिकारी र चर्चा एक अर्काका परिपूरक हुन थालेको छ ।

सगरमाथाको आरोहण पश्चात चर्चा चुलिएको निशाको थप चर्चा चुलिने काम क्रिकेटर शरद भेषवाकरसँगको निकटताले दिलाएको छ ।
केहि महिना अगाडीदेखि निशा र शरदको सम्बन्धलाई लिएर गाईंगुईं चलिरहेको छ ।

निशाले शरदलाई फेसबुकमार्फत बधाई र शुभकामना दिनु, बिभिन्न समारोहमा हात समातेर लिएर हिड्नुले निकटतम सम्बन्ध रहेको प्रस्ट्याएको छ । यहि निकटता फिल्म मुखौटाको प्रिमियरमा पनि देखियो ।

बिहीबार साँझ कुमारी हलमा गरिएको मुखौटाको प्रिमियरमा निशाले शरदलाई निम्तो दिएको मात्र हैन आफैले हात समातेर हलमा ल्याएकी थिईन् । निशा र शरद एकसाथ फिल्म हलमा देखिंदा कानेखुसी हुन थाल्यो, साँच्चिकै प्रेममा रहेछन् कि क्या हो सायद सत्य यहि नै हुनुपर्छ, निशा र शरद प्रेममा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us