एसएलसी फेल भएपछि आत्महत्या

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ४:२३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – एसएलसी फेल भएपछि बाग्लुङ्मा एक किशोरीले आत्महत्या गरेकी छन् । ग्वालीचौर गाविस वडा नं ८ कि वसन्ती घिमिरेले एसएलसी परीक्षामा फेल भएको भन्दै आत्महत्या गरेकी छन् ।
१६ वर्षिया घिमिरेले खार माध्यमिक विद्यालय ग्वालीचौरबाट एसएलसी परीक्षा दिएको र शुक्रबार सार्वजनिक भएको परीक्षाफलमा अनुत्तिर्ण भएका कारण आत्महत्या गरेकी हुन् ।
घरको माथिल्लो तलामा झुण्डिएको अवस्थामा वसन्तीलाई शुक्रवार राती भेटाईएको थियो ।

शव पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय वुर्तिवाङ लगिएको प्रहरीले जनाएको छ । यसवर्ष वागलुङ जिल्लावाट ३३ प्रतिशत विद्यार्थी मात्र एसएलसीमा उत्तीर्ण भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us