राष्ट्रपति र सुकीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ३:४५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – राष्ट्रपति डा. रामबरण यादव र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकि बिच भेटबार्ता भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज president-suki (2)भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको छ ।

भेटबार्ताका क्रममा नेपाल र म्यानमारको प्रजातान्त्रिक आन्दोलन, एकअर्काले गर्न सक्ने सहयोगको आदानप्रदान र चार दिवसीय भ्रमणका क्रममा नेपाल आएकी प्रजातन्त्रवादी नेतृ सुकीेले आज सुरु हुने वी पी कोइराला स्मृति ट्रष्ट र वी पी चिन्तन प्रतिष्ठान द्वारा आयोजित “समाजबादको सान्दर्भिकता” विषयक विचार गोष्ठीलाई संबोधन गर्नेछिन् । ।

संम्बोधापछि आजै दिउसो सभामुख सुभाषचन्द्र नेम्बाङ्संग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ । नेम्वाङसंगको छलफलपछि सुकिले अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सभासद्हरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । सभासदहरुलाई संम्बोध गरपछि सुकी साँझ सभामुख नेम्बाङ्ले आयोजना गर्ने रात्री भोजमा सरिक हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us