पश्चिम नेपालमै पहिलो पटक शरीर दान

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ३:३२ मा प्रकाशित

सुर्खेत, ३१ जेठ –पश्चिम नेपालमै पहिलो पटक मृत्युपश्चात शरीर दान गर्ने प्रक्रिया थालेका यहाँका दुई व्यक्ति सफल हुनुभएको छ ।

अवलचिङ गाविसका जनकप्रसाद उपाध्याय र वीरेन्द्रनगर–७ सुर्खेतकी जानकी थापा लामो समयपश्चात शरीर दानको परिचयपत्र हात पार्न सफल भएका हुन् ।
अवलचिङको भैरव उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने उपाध्यायले आफ्नी छोरी यामाको जन्मदिनको अवसर पारेर शरीर दानको औपचारिक घोषणा गरेका छन् ।
त्यस्तै जिल्ला विकास समितिअन्तर्गत स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा काम गर्ने थापाले पनि त्यसै अवसरमा घोषणा गरेका हुन् ।
मानिसको मृत्युपछि पनि सामाजिक सेवालाई निरन्तरता दिने हेतुले शरीर दान गर्न कानुनी प्रक्रिया पु¥याएका उनले बताए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थापाले नेपालभरकै ७१ औँ र उपाध्यायले ७२ औँ स्थानमा प्रमाणपत्र प्राप्त गरेका हुन् ।
नेपालमा स्वास्थ्य तथा विज्ञानसम्बन्धी प्रयोगशाला प्रभावकारी बन्न नसकेका तथा विद्यार्थीहरूको चाहनाअनुसार पठनपाठन हुन नसकेकाले यस्तो गरिएको उपाध्यायले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us