लोकसेवा आयोगमा थप यन्त्र ल्याउने तयारी

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १:५७ मा प्रकाशित

काठमाण्डु ३ जेठ – लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर ओएमआ यन्त्र ल्याउने तयारी गरेको छ ।

आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन थप यन्त्र ल्याउने भएकोे आयोगका कानुन शाखाका उपसचिव प्रकाश पण्डितले जानकारी दिए ।

उहाँले आयोगमा अहिले दुईवटा यन्त्रबाट उत्तरपुस्तिका परीक्षण गर्ने कार्य भइरहेको बताए ।पण्डितका अनुसार आयोगले उत्तरपुस्तिका परीक्षण गर्न कार्यालयमा अप्टिकल मार्क रिडर युनिट स्थापना गरेको छ ।

ती यन्त्रको प्रयोग गरी उत्तर पुस्तिका स्क्यान गरिन्छ । स्क्यान गरेपछि मेसिनमा रेखाङ्कित चिह्न मिलेनमिलेको देखाउने गर्दछ ।

त्यसैका आधारमा प्राप्ताङ्क गणना गरेर नतिजा प्रकाशन गरिन्छ । यन्त्र प्रयोग गर्न कर्मचारीलाई दक्ष बनाउन तालिमको तयारीसमेत गरिसकिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us