बहिनी नाता पर्नेलाई बलात्कार

काठमाण्डु टुडे २०७१ जेठ ३० गते १४:२५ मा प्रकाशित

बनेपा, ३० जेठ – नेकपा–माओवादीका एक कार्यकर्ताले बहिनी नाता पर्ने दुई जना नाबालिकालाई काभ्रेपलाञ्चोकमा बलात्कार गरेका छन् ।

काभे्र उग्रचण्डी नाला गाविस–५ माझगाउँका २५ वर्षीय माओवादी कार्यकर्ता दिनेश बजगाईंले झण्डै एक साताअघि उनीहरूलाई घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले जानकारी दिए ।

बलात्कारपछि फरार बजगार्इंलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको छ ।

फरार बजगाईंलार्ई गाउँमै घटना मिलाउने भन्दै स्थानीयवासीले हिजो राति बोलाएको र सोही मौकामा प्रहरीले पक्राउ गरेको थियो ।

काका नाता पर्ने दाजुभाइका ७ र ८ वर्षका दुई छोरीलाई बजगाईंले गत शनिबार नुहाएर आएको अवस्थामा घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले पीडित नाबालिकाको स्वास्थ्य परीक्षण र आरोपितको बयान लिएर तत्काल जर्बजस्ती करणी मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us