दोस्रो संविधानसभा असफल भए देश सङ्कटमा फस्ने : प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ ३० गते १४:१४ मा प्रकाशित

चितवन, ३० जेठ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो संविधानसभा असफल हुनुमा ठूलो दलको हैसियतले आफ्नो पार्टी पनि जिम्मेवार रहेको स्विकारेका छन् ।

prachandaचितवन क्षेत्र नम्बर–४ को चुनावी अभियानको क्रममा शुक्रबार शिवनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पहिलो संविधानसभाले संविधान दिन नसक्नुको दोषबाट एमाओवादी पनि मुक्त रहन नसक्ने बताए ।

नेपाली काँग्रेस, नेकपा एमाले तथा अन्य दल र सरकारसमेत आफ्नो एजेण्डामा आएको भन्दै उनले आगामी माघ ८ गते संविधान जारी हुने विश्वास दिलाए ।

दोस्रो संविधानसभा पनि असफल भए देश सङ्कटमा फस्ने बताउँदै उहााले समयमै संविधान जारी गर्न आफ्नो पार्टी तत्पर रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले पहिचानको आधारमा पाँच राज्य र सामथ्र्यको आधारमा चार राज्य बनाएर सङ्घीयतामा जानुपर्नेमा जोड दिए ।

संविधान बनेसँगै राज्यको पुन:संरचनाबाट जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य हुने र जनताले परिवर्तनको महशुस गर्ने उनको भनाइ थियो । अन्तरिम संविधानलाई टेकेर संविधान बन्नुपर्ने धारणा राखे ।

उनले चितवन क्षेत्र नम्बर ४ ले राजनीतिक क्षेत्रका अनुभवी उम्मेदवार पाएको भन्दै आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन अपिल पनि गरे ।

कार्यक्रममा क्षेत्र नम्बर ४ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार खुसीराम पाख्रिन, जिल्ला नेता ठाकुर ढकाल, घनश्याम दाहाललगायतले बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us