‘पार्टीको अध्यक्ष मै हुँ’ – राणा

काठमाण्डु टुडे २०७१ जेठ ३० गते १३:५४ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – राप्रपाका नेता पशुपति शमशेर राणाले आफू पार्टीको आधिकारिक अध्यक्ष भएको दावी गरेका छन् ।

Pashupati-Shamsher-Ranaशुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा राणाले पार्टी अध्यक्ष सूर्यबहादुर थापाले पदत्याग गरेपछि पार्टीका १०४ केन्द्रीय सदस्यमध्ये ८२ जनाले आफूलाई अध्यक्षमा निर्वाचित गरेको जानकारी दिए ।

राप्रपाका अर्का नेता लोकेन्द्रबहादुर चन्दले पनि आफैंलाई पार्टीको अध्यक्ष घोषणा गर्नु गैरराजनीतिक भएको उनको तर्क थियो ।

नेता चन्दले दाबी गरेजस्तो चक्रीय प्रणालीबाट नेतृत्व चयन गर्ने प्रस्तावलाई पार्टी महाधिवेशनले अस्वीकार गरेको उनको स्पष्टोक्ति थियो ।

पार्टीको विवाद अन्त्यका लागि असन्तुष्ट पक्षलाई पनि साथै लैजान आफू तयार रहेको बताए ।

उनका अनुसार असन्तुष्ट पक्षसँग सहमति कायम गर्न पार्टी सहमहामन्त्री हेमजङ्ग गुरुङ र केन्द्रीय सदस्य रोशनी कार्की रहेको वार्ता समिति गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us