
काठमाण्डु, ३० जेठ – नेकपा –माओवादी पोलीटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मालाई पार्टीले कारबाही नगरेको पार्टी प्रवक्ता पम्फा भुसालले दावी गरेकी छिन् ।
प्रवक्ता भुसालले कारवाही गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको काठमाण्डु टुडेलाई जानकारी दिइन् ।
पार्टी नियम विपरीत समानान्तर कमिटीहरु सञ्चालन गरेको, जथाभावी चन्दा उठाएको अभियोगमा उनीमाथि कारवाही हुन लागेको स्रोतले बताएको थियो ।
उनलाई हाल स्पष्टिकरणको कारवाही गरिएकामा हालसम्म स्पष्टिकरण बुझाउन अटेर गरेकाले थप कारवाहीको तयारी भइरहेको दावी गरेको थियो ।